Advertisement

 

 

Poem Express your felling

Category: Love Poem   

कबिता / मुक्तक  


"तिमी भए पुग्छ "   Share

 

चाहिन्न भगवान तिम्रा अप्सराहरु
बिन्ती मेरा लागि भुईमा नझार
म त उनीलाई माया गर्छु
बरु बिन्ती उनलाई पर नसार

घामको किरणहरुमा
उनको अनुभूति खोज्छु
रातमा जूनताराहरु संग
सधै उनलाई नै सोध्छु
मैले लिने हरेक सासमा
उनकै सुभास रोज्छु
के नै मागु भगवान तिमी संग
बरदान अनि अरु उपहार
उनी मात्र भए पुग्छ मलाई भगवान
बरु बिन्ती उनलाई पर नसार

रगत संगै नशा नशामा
उनको माया दौड़ीन्छ
आँखामा भरिएका पानीहरुमा
उनको तस्बीर पौड़ीन्छ
मुटुको हरेक धड़कन
उनको नाम लिइ गुन्जिंछ
के नै होला र भगवान तिम्रो स्वर्गमा
मेरा खुसीहरु अनि मेरा रहर
धरतीमा उनी संगै छोड़ी देऊ भगवान
बरु बिन्ती उनलाई पर नसार

 

 

बिबेक ओझा - डेनमार्क


 



Read more Love Poem


Love n view

Candle Love

Lets Make Love

पानाको संसार

"आशा"

"मेरो मायातिमिलाई"

"तिम्रो आगमन"

"तिम्रो आँखामा"

I Love U

कति प्यारो छौ तिमी

गन्तब्य तिमी नै हौ

तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु

उनको प्रश्न मेरो जवाफ


Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement