Advertisement

 

 

Poem Express your felling

Love create Poem n Poem create love :)
Category: Sad PoemShare

कबिता / मुक्तक  


"यादहरू"

 

सुनसान रात छRamu Gaire, Arghakhanchi
गाडीहरुको हुइँयको आवाज
मात्रै आउँछ
निन्द्रा पटक्कै लाग्दैन
कोल्टे फेर्छु
१२ बज्छ
मनभरि कुरा खेल्न थाल्छन्
मेरो वरिपरिका साथीहरु
मस्त निन्द्रामा
सुतिरहेका छन्
चरीहरु पनि मस्त निन्द्रामा छन्
मनभरि घरको याद्ले
छट्पटाइरहेको छ
फेरि कोल्टे फेर्छु
१ बज्छ
त्यो माली गाई अनि त्यो
गाउँ-घर, ती साथीहरु
अनि त्यो मायाको
मुसुक्कको हाँसो लजालु
बानी त्यसैमा त्यो गाजलु
आँखा अनि
हाँसेर अँगालोमा राखेर
अनि मेरो त्यो जिस्कने बानी
मेरो मस्तिष्कमा तड्पाइरहन्छ
मेरो छोराको याद
फेरि कोल्टे फेर्छु
२ बज्छ
अनि पागल सरि
आफैँमा हाँसो लाग्छ
जिन्दगीले किन यस्तो
मोड लियो कता कता
निन्द्रामा पर्न थाल्छु
फेरि कोल्टे फेर्छु
३ बज्छ
निन्द्रामा पर्ने बित्तिकै
घडीको सुइले
बिउँझने संकेत गर्छ
किनभने मलाई
नोकरीमा जानुछ ।

 

रामु गैरे -

नुवाकोट ४ चिउरामाटी अर्घाखाँची

हाल दुबइ

Read more Love Poem


I LOVE YOU (Poem)

I Still Love You

गल्ती थिएन मेरो

पानाको संसार

"झुठो आश्वासन"

"किन यो मन रोइरहेको छ"-

माया

निराश जिन्दगि

आसुको भेल

छैना अजै”

"प्रमिस्"

"बेथा"

आउदैछु,,,,,,,

धोकाको परिमाण

याद

"मेरो कथा मेरो व्यथा

“ पाए हुन्थ्यो ’’

हाँसी हाँसी मरु

हावाको साथमा

"तिहारको सम्झना

"आशुको जिन्दगी "

"अधेरीमै आउनु तिमी



Previous love poem Back to poem front page Next love poem


Other Poem Category

 

तपाईंको कबिता पठाउनुस्

Send us your poem, Comment to myLove.com.np

Advertisement

Advertisement