X

कसरी ? ?

कसरी ? ?

म आफै बेसहारा
तिमीलाई सहारा कसरी दिनु
आफ्नै आंसु भारी छन
तिम्रा कसरी पिउनु
आफै मृत्यु कुर्दै छु
तिम्रो लागि कसरी जिउनु

राम्रो हुन्न बगरमा रोपिएको फूल
चन्द्रमा तल झर्नु हुन्छ नि भूल
तिम्रो सुन्दर भबिष्य किन फुटाउनु
देवता राख्ने मंदिर कसरी जुटाउनु
पीड़ा थपी तिम्रो मन किन दुखाउनु

तिमी तस्बीर बन
म पूजा गरौला
तिमी आकाश मै बस
म हेरी रहुला
मेरो खाडलमा किन तिमी आउनु
बंजर मा ब्यर्थई किन धाउनु
अधेरो भई डूब्ने माया किन लाउनु

म आफै बेसहारा
तिमीलाई सहारा कसरी दिनु
आफ्नै आंसु भारी छन
तिम्रा कसरी पिउनु
आफै मृत्यु कुर्दै छु
तिम्रो लागि कसरी जिउनु

बिबेक ओझा – डेनमार्क

Categories: Love Poem
myLove.com.np: A collection of love, romance and relationships resources including advice, poetry, quotes, dedications, chat, horoscopes, romantic ideas, message boards, free love postcards and much more!! Join me on Google + at <a rel="me" href="https://plus.google.com/110920483222173268649/about"> Keshab Raj Adhikari </a>
Related Post