X

गजल

आउंदा जाँदा बाटामा तिम्रो मुहार दिदै गर्नु है
मुहारमा अलिकता मिसाएर प्यार दिदै गर्नु है

तिम्रो मुटु बिसाउन म मेरो बृक्ष दिउँला तिम्लाई
ई आखालाई च्याख्न तिमी मौरिको घार दिदै गर्नु है

आज मागुँल,भोलि मागुँला गर्दागर्दै पर्सि पनि
तिमी झर्को न मानिकन बारबार दिदै गर्नु है

मेरो रहरको जिवीका चल्नै छाड्यो रे यो मुटुमा
म र मेरो रहर बाँच्न तिम्रो संसार दिदै गर्नु है

झम्काभेट नहुनु थियो,भयो,अब भएपछि
सेरुलाई भुलाउन सौंदर्यको बजार दिदै गर्नु है

-by: Mr. Seru sing

Tags: गजल
myLove.com.np: A collection of love, romance and relationships resources including advice, poetry, quotes, dedications, chat, horoscopes, romantic ideas, message boards, free love postcards and much more!! Join me on Google + at <a rel="me" href="https://plus.google.com/110920483222173268649/about"> Keshab Raj Adhikari </a>
Related Post