केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी
लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी

Happy New year text, smsघर शहर थर छाडी मेरै भरमा आएकी थ्यौ
मैसंग माया जोडेकी थ्यौ त्यो रातमा तिमी

त्यो कालो कोठालाई उज्यालो नै पारेकी थ्यौ
बत्ती जस्तै बलेकी थ्यौ त्यो रातमा तिमी

गाजलदेखि तिमीले वा गजल भाका बोलेकी थ्यौ
सरल इशारा पोखेकी थ्यौ त्यो रातमा तिमी

केशको घुम्टो ओढेकी थ्यौ त्यो रातमा तिमी
लाजले मुख मोडेकी थ्यौ त्यो रातमा तिमी

Jiwan Kharal