प्रेम पोतेर कसैको नाम मुटुमा टाँस्दाखेरि
अर्कै मज्जा आउदो’रैछ पिरती गाँस्दाखेरि

फूलै बर्षे जस्तो छाती भरि वाह वाह
कैले नबोल्ने मान्छे मुसुक्क हस्दाखेरि

जति सुकै गाडे पनि मरे पनि के भो र
जिउदोपन छाउछ मनमा प्रेम उकास्दाखेरि

जीन्दगी उभो लाग्ला,यस्तै पाराले ‘रदीफ’?
सारा समय गजलमै यसरी मस्दाखेरि

जागा बसी बसी के कोर्छ कोर्छ ‘रदीफ ‘
यौटा गजल बन्दो रै’छ भाले बास्दाखेरि

रदीफ खराल “जीवन ”

myammar .mogok