“तिमीले छाडे पछी “
तिमी हुदा पो मधुमास
एकान्त अनि मीठा मीठा वात
दिउसै सुहाग रात
तिमीले छाडे पछि
आफ्नै हात जगननाथ
तिमीले छाडे पछि
त्यसै रित्तो
भत्केको भित्तो
जुत्ता बिनाको खुटटो
चामलको ढूटो
म त मान्छे नै ठुटो
तिमीले छाडे पछि
ब्यथा ले कायल
घायल
त्यसै त्यसै पागल
म त उडी हिड़ने बादल
तिमीले छाडे पछि
फोहोर सोत्तर
खेलको जोकर
चारैतिर ठोक्कर
जवानिको नोकर
म त तरुनिको मेत्तर
तिमीले छोड़े पछि
धमिलो
अमिलो
असुहौदिलो
दुब्लो सुरिलो
मेरो नजर धारिलो
तिमीले छाडे पछि
भोको पाडो
ख़ाली ख़ाली भाडो
आफैमा घाड़ो
म त जवानी मै राड़ो
बिबेक ओझा – डेनमार्क