नरोजौँला स्वर्ग लोक तिमी बिनाको
चाहियेन कुनै थोक तिमी बिनाको
कत्ति भोकै बसें, तिमी थ्यौ,थिकै थ्यो
मिठो लाग्दैन भोक तिमी बिनाको…
यो प्रकृती पुर्ण थियो तिमी मुस्काउँदा
शम्शान लाग्छ यो लोक तिमी बिनाको
पुरुष घर स्त्री बार अनि हुन्छ घरबार
अझै अधुरै छ यो जोक तिमी बिनाको
ठोक्कर खान्छु खुल्ल नयनले आफ्नै टोलमा
विरानो लाग्छ मेरो चोक तिमी बिनाको