कहिले के अनि कहिले भित्तो बोल्छ
कहिले कसले अनि कहिले कसले
के के पोल खोल्छ
मंत्रमुघ्द हुन्छु
चाख दिएर सबै सुन्छु
ओहो ! कुरो त्यस्तो पो !!!
अब मेरो आँखामा आगो बल्छ
मनमा आंधीहुरी चल्छ
कान रातो हुन्छ
जिउ तातो हुन्छ
अब म
को आफ्नो,को पराई चिन्दिन
पर पर जाऊ है सबै
किनकी म रिसाउन जान्दिन
काग ले कान लग्यो रे ! दौड़ीन्छु
कान छाम्न बिर्संछु
के सही, के गलत
नानाथरी कुरा कल्पन्छु
पारो उठ्छ, कामज्वरो छुट्छ
त्यस नाथेलाई काचइ चबाईदिम
माथि खोजौ अनि तल बगाईदिम जस्तो लाग्छ
दिमाग घुम्छ अनि चक्कर लाग्छ
अब नजिक नपर म कोही चिन्दिन
किनकी म रिसाउन जान्दिन
असारे भेलले मंग्सिरमा भेटदा
अनि चैतको हुरीले भदौमा छोप्दा
बेमौसमी जाडो हुन्छ
अब रौ ठाडो अनि एकान्त घाड़ो हुन्छ
हात बाध्न गार्हो हुन्छ
त्यसका गाला चढ़काईदिम
बन्दुकले पड़काईदिम
ठाड़इ निलऊ बरु जेल छिरौ जस्तो हुन्छ
आजै केही गरु आजै मारू मरू जस्तो हुन्छ
बरु भोली माफ़ी मागौला
आज कसैले भनेको सुन्दिन
किनकी म रिसाउन जान्दिन
by – बिबेक ओझ