वायुसगै खेल्ने क्या वाल छ तिम्रो
योवन पूर्ण सोह्र क्या साल छ तिम्रो
बोली मै मिश्री छ वाग्वती नै हौ तिमी
मन मोहक बोलको क्या जाल छ तिम्रो
पोटिला ती गाला चुम्न सदा निम्त्याउछन
हास्दा डिम्पल छाउने क्या गाल छ तिम्रो
मनै झन्कृत पार्ने मुस्कान देखि हारे म
मुस्कुरहट नै सत्ये ! कमाल छ तिम्रो
बजाउन सिक्दैछ यो ‘रदीफ’ अचेल
गिटर जस्तो जीउ क्या डाल छ तिम्रो
रदीफ खराल “जीवन ”
myammar .mogok