अगाडी छरपस्ट अतीत छरिइरहेछन्
मनमा भावनाका उतारचढाब बहिरहेछ्न
छिनमै आँशु पुस्तै , हाँसिरहेछु म यहाँ
टुक्रिएका आशाहरु गाँसीरहेछु यहाँ म
सपनाबाट बिस्तारै बिपनामा सर्दोरहेछु
हो आज बल्ल थाहा पाएँ
म तिमीलाई चोखो माया गर्दोरहेछु
Happy New year text, sms
समर्पणका कहानी सम्झँदा
छाती फुलेर आउँछ सन्तोषले
फेरी तिरस्कारका कहाली सम्झँदा
मुटु जलेर आउँछ आक्रोशले
क्षणभरमै मायैमायाले आक्रोशलाई मार्दोरहेछु
हो आज बल्ल थाहा पाएँ
म तिमीलाई चोखो माया गर्दोरहेछु

अरु केहि चाहिन्नथ्यो
तिम्रै स्पर्श प्यारो लाग्थ्यो
एकै पललाई भएपनि
छुट्टिन लाइ गाह्रो लाग्थ्यो
आजको यो बियोग सम्झी आँशुहरु झार्दोरहेछु
हो आज बल्ल थाहा पाएँ

म तिमीलाई चोखो माया गर्दोरहेछु

Rajendra Khatri