Home » कबिता/मुक्तक » Love Poem » माया अनि धोका

माया अनि धोका

sponsored links

how to do romance everyday?यो दुनिया मा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु .

आझै म तिम्रो सम्झना मा पागल सरि बांचेको छु

परिवारको मायालाई कुल्चिएर तिमीसंग नाता गाँसको छु.

पर्खी रहेकोछु अझै सम्म तिम्रै लागि माया साँचेको छु.

देवी देवता भाकेर मायामा कसम खाएको छू.

झुटो होइन कसम मेरो चोखो माया लाएको छु

लागेको छ अझै सम्म तिम्रो माया पाएको छु.

त्येही भएर आज सम्म चोखो माया लाएको छु

तिमीलाई भुल्न नसकेर मन मनै गीत गाएको छु.

तिम्रो पिडा भुल्न नसकेर भट्टी पसल धाएको छु

गाऊ भरि हल्लै हल्ला तिम्रो चर्चा सुनेको छु.

तिम्रो बानी बिग्रिएको सुन्दा दिलमा छुरा उनेको छु

जिन्दगि मा विश्वास मैले तिमीलाई नै गरेको छु.

आज म यो दुनियामा ज्युदै लास परेको छु

त्येही घट्गाँइ को चौतारीमा पर्खी आझै बसेको छु.

तिमीले छोडी गएको सुन्नदा भीरै बाट खसेको छु

मायामा धोका पाएपछि मत मुग्लान पसेको छु.

धोकेबाज को तस्बिर हेरी आझै सम्म बसेको छु

यो दुनिया मा तिम्रो लागि अझै रोइ रोइ हाँसेको छु .

आझै म तिम्रो सम्झना मा पागल सरि बांचेको छु

अझै रोइ रोइ हाँसेको छु .

नारायण पौडेल
पटिहानी ८ चितवन नेपाल
हाल दोहा कतार,ग्रुप ४ कम्पनी

About myLove.com.np

A collection of love, romance and relationships resources including advice, poetry, quotes, dedications, chat, horoscopes, romantic ideas, message boards, free love postcards and much more!! Join me on Google + at Keshab Raj Adhikari